पोखरा र काठमाडौंमा संसद् शिविर हुने

लोकपथ
21
Shares

काठमाडौं  । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रवर्द्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र  १५ गते पोखरामा संसद् शिविर र  रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन्  ।

साथै भोलि शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सितापाइलास्थित हलचोकमा सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको सभाहलमा संसद् शिविर समेत रहेको बताए ।

यसैगरी उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको  बताएका छन् । उनले  हाम्रो  वातवरणलाई स्वच्छ राख्नको लागि जुनसुकै ठाउँमा भएपनि  स्थिरता हुन आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘खासगरी विश्वमा शान्ति  ल्याउन चाहन्छौँ  । मानवता ल्याउन चाहन्छौँ । वातावरणलाई स्वच्छ राख्न चाहन्छौँ, भाषा, जाति, भूगोल, शिक्षा दिक्षा  र ज्ञानका हिसाबले  जुनसुकै  ठाउँमा भएपनि हामी स्थिरता चाहन्छौँ ।  शान्ति चाहन्छौँ, र समृद्धि  चाहन्छौँ । ’

साथै  उनले हरेक कुरामा अनुशासन हुनुपर्ने बताए । उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तुष्टि मिल्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?