काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौं कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्नेगरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।
मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन नसकिएको गुनासो गरे ।
कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरी सुझाव लिएको छ । पुर्वसचिब गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया