शेयर बजार ३१ अंकले घट्यो

लोकपथ
42
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो ।

आज बजारमा शेयरबजारमा १ करोड ८४ लाख कित्ता शेयर किनबेच भयो । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।

आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?