वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा पल्टियो, १७ जना घाइते

लोकपथ
203
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक आज शुक्रबार बिहान बस दुर्घटना हुँदा बसमा सवार १७ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएर दुर्घटना भएको हो ।

सो बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये एकको अगस्था गम्भीर, १४ जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनिशाकुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइतेहरुको हेटौंडामा उपचार भइरहेको छ । सबै घाइतेको उपचार हेटौँडा अस्पतालमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?