काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया