रसुवाबाट दुई किलो सुनसहित मोटरसाइकल चालक पक्राउ

जुत्ताको सोलमा लुकाइएको थियो सुन

लोकपथ
301
Shares

काठमाडौं । रसुवामा मोटरसाइकलमा सवार एक व्यक्तिको साथबाट प्रहरीले दुई किलो सुन फेला पारेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामाको साथबाट बिहीबार बेलुकी प्रहरीले सो परिमाणको सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले उनी सवार बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई कालिका गाउँपालिका–१ ग्राङमा जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको बताए । यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?