काठमाडौं । वीरगंज महानगरपालिका–१६ बाईपास रोडस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ८५ किलो ८ सय ग्रामसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिनासहित ३ जना रहेका छन् ।
प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगंजबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया