काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको जिकिर गरेका गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्चीमा रहेकै बेला एमालेले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो जिकिर गरेका हुन् ।
उनले आफ्नो पार्टीको अध्यक्ष ओलीले लोडसेडिङ अन्त्य गरे पनि त्यसको जस अरूले लिएको गुनासो गरे । उनले भने, ‘तर बिडम्बनाको कुरा, काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’ उनले भने, ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया