आईपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

लोकपथ
245
Shares

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आईपीएल मार्च १४ बाट सुरु भएको छ । आईपीएलले बिहीबार फ्रेन्चाइज टिमहरूलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।

१४ मार्चमा सुरु हुने आईपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ ।  क्रिकइन्फोका अनुसार आईपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ ।

सन् २०२६ को आईपीएलमार्च १५ देखि मे ३१ सम्म र २०२७ को आईपीएल मार्च १४ देखि ३० मेको बीचमा हुने छ । आउँदो संस्करणमा पनि आईपीएलका ७४ खेल हुने छन् ।

तर यस विषयमा औपचारिक रूपमा आईपीएल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन् । कोलकाता नाइट राइडर्स डिफेन्डिङ च्याम्पियन हो । फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो ।

अस्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आईपीएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ । त्यसपछि अष्ट्रेलियाका खेलाडी आईपीएलका लागि उपलब्ध हुनेछन् ।

इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइपिएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन । स्टोक्सलाई आईपीएल २०२५ को मेगा लिलामीमा समावेश गरिएको छैन । २०२५देखि २०२७ को आईपीएलमा पूर्ण रूपमा उपलब्ध खेलाडीहरूको सूचीमा जोफ्रा आर्चर, गुस एटकिन्सन, जोनी बेयरस्टो, ज्याकब बेथेल, ह्यारी ब्रुक, जोस बटलर, ब्राइडन कार्स, ज्याक क्राउली, साम कुरान, बेन डकेट, विल ज्याक्स, लियाम लिभिङस्टोन छन् ओली पोप, म्याथ्यू पोट्स, आदिल रशिद, फिल साल्ट, ओली स्टोन र रीस टोपलीको नाम समावेश गरिएको छ ।

श्रीलंका क्रिकेटले सन् २०२५ को सिजनका लागि आफ्ना खेलाडी पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले तीन वर्षको अवधिमा प्रत्येक खेलाडीका लागि फरक उपलब्धतासहित १३ वटा नाम पठाएको छ । सूचीमा तस्किन अहमद, लिटन दास, महेदी हसन, शकिब अल हसन, रिशाद हुसेन, तौहीद हृदोय, शोरिफुल इस्लाम, शोहिदुल इस्लाम, हसन महमूद, मेहदी हसन मिराज, मुस्ताफिजुर रहमान, नाहिद राना, तान्जिन हसन साकिब रहेका छन् ।

यसबाहेक दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र जिम्बाब्वेका खेलाडीहरू पूर्ण रूपमा उपलब्ध हुनेछन् ।बीसीसीआईले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) लिलामीका लागि ५७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन् । ८१ खेलाडीको बेसिक मूल्य २ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?