काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले वेबसाइटमार्फत् मतपत्रको नमुना सार्वजनिक गरेको हो । स्थानीय तहअनुसार मतपत्रको नमुना भने फरक फरक रहेको छ ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले उमेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उमेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरिएको बताइन् । नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने उनले बताइन् ।
आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त ४१ पदमा उपनिर्वाचन हुने छ । ४४ स्थानका लागि उपनिर्वाचन गर्न लागिएको भएपनि दुई जिल्ला समन्वय प्रमुख र एक वडा अध्यक्ष पद निर्विरोध भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया