काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ मार्फत आईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्न सकिने भएको छ ।
प्रयोगकर्ताहरूले अब आईएमई पे एपमा गएर आफ्नो आईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले आइएमई पेमार्फत आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीएसको एकेडेमीक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए वान, ए टू, बी टूको निम्ति भुक्तानी आईएमई पे एपमार्फत गर्न सकिने छ ।
कम्पनीले सीमित अवधिको लागि आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा एक हजार क्यासब्याक पनि प्राप्त गर्न सकिने जनाएको छ ।
आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले प्रयोगकर्तालाई नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित रहेको बताउँदै सुरक्षित र सुविधाजनक प्लेटफर्मको प्रयोगले प्रयोगकर्तालाई सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया