अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो’ 

लोकपथ
42
Shares

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यही मंसिर १४ र १५ गते एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । 

मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरूलाई विक्री एवं प्रदर्शनीका लागि राखिने छ । 

मेलामा महासंघले नेपाली उद्यमीहरूद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सांस्कृतिक उत्पादनहरूको प्रवर्द्धन, प्रदर्शन तथा बिक्री वितरण गर्ने आयोजकले जानकारी दिएको छ । 

आयोजकले मेलामा सहभागिताबाट नेपाली उद्यमीहरूलाई व्यवसायीदेखि व्यवसायी  र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अवसरहरूको खोजीमा मद्दत पुग्ने साथै उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै विक्री वितरणका लागि दीर्घकालीन अवसर प्राप्त हुने विश्वास लिएको छ । 

अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्री कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको पनि आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?