हवाई भाडामा भएको कालोबजारी नियन्त्रण गर्न हिमालय एयरलाइन्सको ध्यानाकर्षण

लोकपथ
91
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको कालोबजारी नियन्त्रण गर्ने ध्यानकर्षण गराएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै अन्तर्राष्ट्रिय उडानमा भएको कालोबजारी रोक्न एयरलाइन्सले ध्यानकर्षण गराएको हो । 

एयरलाइन्सले विज्ञप्ति जारी गर्दै विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधीमा रहेर भाडा दर कायम गरेको जानकारी दिएको हो । 

एयरलाइन्सले कालोबजारी नियन्त्रणका लागि अपनाइएका कदमहरूः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै (Group TBA (Pre–purchase) बुकिङ निलम्बन गरी सकेको छ ।

त्यस्तै एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरी सकिएको छ । साथै ट्राभल एजेन्टहरूलाइ हप्तामा कम्तीमा दुई पटक इमेल पठाइरहेको छ । यदि कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ । 

Y क्लास भाडा नर्मल इकोनमि क्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन हिमालय एयरलाइन्सले २१ नोभेम्बर २०२४ देखि सो उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । यसैगरी, यात्रुहरूले आफूसँग अत्यधिक भाडादर लिइएको भन्ने भएमा हिमालय एयरलाइन्सलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?