काठमाडौं महानगरपालिकाले जरिवाना तिराएपछि एमाले कार्यकर्ता दरबारमार्ग सफा गर्न पुगे

लोकपथ
1.1k
Shares

काठमाडौं । दिउँसो जागरण सभाका क्रममा भएको फोहोर सफा गर्न नेकपा एमालेका कार्यकर्ताहरु दरबारमार्ग पुगेका छन् ।

दरबारमार्गस्थित सडक र सडकपेटीमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना गराएको छ ।

महानगरले एक लाख जरिवानाको पत्र काटेपछि युवा संघको नेतृत्वमा फोहोर उठाउने काम भइरहेको छ । आफूहरुले दिउँसो फोहोर उठाउनका लागि महानगरको गाडी पठाइदिन आग्रह गरे पनि महानगरले अटेर गरेको युवासंघका नेताहरुको आरोप छ । आफूहरुले पटकपटक मेयर, उपमेरदेखि महानगरका कर्मचारीहरुलाई आग्रह गर्दा पनि गाडीको व्यवस्था हुन नसकेको उनीहरुको तर्क छ ।

एमालेले जनतालाई जागरुक बनाउने भन्दै आज दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।

यो पनि
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरद्वारा एमालेलाई १ लाख जरिवाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?