सिर्जनशिल बिउ उत्पादक कृषक समूहले बडिखेलमा लगायो हरेक शनिबार हाटबजार

लोकपथ
35
Shares

काठमाडौं । सिर्जनशिल बिउ उत्पादक कृषक समूहले कृषकहरुले उत्पादन गरेको तरकारी बारीमै नकुहियोस् भनेर शनिबार बडिखेलमा हाटबजार लगाएको छ । ७ वर्षदेखी १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो ।

घरेलु किसानहरुलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको शिर्जनशिल बिउ बैंकको अध्यक्ष नबिना नगरकोटीले बताइन् ।

उनले भनिन् , ‘हाटबजार  सञ्चालन गर्दा  घरेलु किसानहरुलाई  धेरै नै  फाइदा हुन्छ ।  करेसाबारीमा उत्पादन गरेको तरकारी फल्ने समयमा धेरै हुँदा कुहिएर जान्छ र  हाम्रो मिहेनतको फल प्राप्त गर्न  सकिँदैन । त्यहीँ समयमा करेसाबारीमा फलेको तरकारीहरु हाटबजारमा ल्याएर बेच्ने गर्दा राम्रो आम्दानी समेत हुन्छ । आफूसँग धेरै भएको तरकारी हाट बजारमा राखेर नभएको तरकारी साटेर  खान पनि मिल्छ ।  यसै कारणले यो क्षेत्रका तरकारी कृषकहरु खुसी पनि छन् ।’

साथै  उनले  यो समूहमा ९३ जना कृषक रहेको समेत बताइन् । उनले एक जनाबाट  सुरु गरेको यो संस्थामा अहिले ९३ जनामध्ये २२ जनाले कृषि नै  गरिरहेको बताइन् । यो  हाट बजार  गाउँको लागि  राम्रो  भएको तरकारी किन्ने ग्राहकहरूको भनाइ छ ।

हाट बजारमा रायो, काउली, मुला, च्याउ, कागती, टमाटर, बन्दा, हरियो खुर्सानी, धनियाँ, गाजर , सिमीजस्ता तरकारीहरुको बेच्नको लागि  राखिएका छन् । 

दिनको २ हजारदेखि २५ सय सम्म आम्दानी हुने गरेको कृषक व्यापारीहरुले बताए । साथै कहिलेकाहीँ हप्ताको ८ हजार रुपैयाँ समेत आम्दानी हुने गरेको उनीहरुको  भनाइ  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?