प्रधानमन्त्री ओलीका पिता अस्पतालमा

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली अस्वस्थ भएका छन् । फोक्सोसम्बन्धी समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उनका उपचार भइरहेको छ ।

उपचाररत पिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमाफमा भनिएको छ, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?