आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

लोकपथ
49
Shares

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज ठुलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६०, रातो आलु ६५, सेतो आलु ५५, सुकेको भारतीय प्याज १००, लोकल गाजर १८०, तराईको बन्दा ७०, काउली स्थानीय १००, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १४०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ९०, घिरौँला ८०, हरियो फर्सी लाम्चो ५०,स्कुस २०, रायोको साग ४०, पालुङ्गोको साग ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, कुरिलो ११००, ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली १००,मौसम २५०,जुनार ३०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?