आजबाट धरहरा चढ्दा पैसा लाग्ने, पार्किङको पनि शुल्क तिर्नुपर्ने

लोकपथ
490
Shares

काठमाडौं । धरहरा चढ्न आजबाट सशुल्क गरिएको छ । परीक्षणका लागि निःशुल्क गरिएको धरहरा चढ्न आजबाट भने पैसा लाग्ने भएको हो ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क गर्ने निर्णय गरेको थियो ।


सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिको हकमा भने सो रकममा ५० प्रतिशत सहुलियत दिने भएको छ ।


विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखि धरहरा सञ्चालन गर्न लागिएको हो ।


सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।


त्यस्तै, आजदेखि धरहरामा पार्किङको पनि पैसा तिर्नुपर्ने छ । धरहरामा पार्किङ गर्दा अब चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?