एक वर्षमै तोलामा ५० हजारले बढ्यो सुनको मूल्य, आज कति छ भाउ ?

लोकपथ
770
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । अघिल्लो हप्ताबाट बढ्न सुरु गरेको सुनको मूल्य साताको पहिलो दिन आजसम्म आइपुग्दा बढ्ने क्रमले निरन्तरता पाएको छ ।

आज नेपाली बजारमा सुनको मूल्य १ लाख ६७ हजार २ सय रहेको छ । त्यसो त अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रहेको थियो । त्यस्तै शुक्रबार १ हजार ९ सय ४० रहेको चाँदीको मूल्य आज १ हनार ९ सय ६० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार एक वर्षको अवधिमा नै सुनको मूल्य तोलामा ५० हजारले बढेको छ । गत वर्ष अर्थात् २०८० साल मंसिर ८ गते नेपाली बजारमा सुनको मूल्य १ लाख १६ हजार ३ सय रहेको थियो । यसरी आजको मूल्यसँग एक वर्षअघिको मूल्य तुलना गर्ने हो भने ५० हजार ९ सयले बढेको हो ।

अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनचाँदीको मूल्य घटबढ हुने कारणले नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?