सिनामंगलको जन्मभूमि होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

लोकपथ
301
Shares

काठमाडौं । सिनामंगलस्थित होटल जन्मभूमिमा एक युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिब २५–२६ वर्षीय रमेश माझी र सोही उमेरकी एक युवती रहेको प्रहरीले जनाएको छ ।

युवतीको भने नाम र ठेगाना खुलेको छैन । उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए । शनिबार साँझ ६ बजे सो होटलमा पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए । उनीहरूलाई आज आइतबार बिहान मृत फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?