औपचारिक भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

लोकपथ
42
Shares

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक भ्रमण सकेर भारत फर्किएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले द्विवेदीलाई बिदाइ गरेसँगै उनी स्वदेश फर्किएका हुन् ।

भ्रमणमा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए । भ्रमणमा द्विवेदीले राष्ट्रपतिसँगै प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतनाको भ्रमण गरेका थिए । उनले मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन समेत गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?