इन्स्टाग्राममा ५६ लाख फलोअर्स भएका अभिनेता एजाज खानले पाए १५५ मत

लोकपथ
217
Shares

काठमाडौं । भारतका चर्चित टीभी तथा फिल्मका अभिनेता एजाज खानले वार्सोवा सिटबाट महाराष्ट्र विधानसभा चुनाव लडेका थिए । ५.६ मिलियम फलोअर्स भएका अभिनेताका लागि ठूलो संख्यामा भोटको अपेक्षा गरिएको थियो । तर उनले आशा गरे अनुसार भोट प्राप्त गर्न सकेनन् र उनी नराम्रोसँग पराजित भए ।

मुम्बईको भाइजान भनिने खानले वार्सोवाको यस सिटमा भोट लिन भने पूर्ण रूपमा असफल भए । सामाजिक सञ्जाल इन्स्टाग्राममा ५६ लाख फलोअर्स भएका यी अभिनेताले यस चुनावमा जम्मा १५५ मत प्राप्त गरेका छन् ।

उनले नगिना सांसद चन्द्रशेखर आजादको पार्टी आजाद समाज पार्टी (कांशीराम) को टिकटमा उम्मेदवारी दिएका थिए । तर, चुनावी नतिजा आएपछि खानलाई ठुलो झट्का लागेको छ ।

सामाजिक सञ्जालमा यति धेरै भए फलोअर भए पनि खानलाई चुनावमा मद्दत भने मिलने उनी नराम्ररी पराजित भएका छन् । यस सिटबाट कुल १६ उम्मेदवारहरू मैदानमा थिए । यो सिटलाई परम्परागत रुपमा कांग्रेसको गढ मानिन्छ ।  

यस चुनावी हारलाई लिएर अहिले उनी सामजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । भोटिङसँग सम्बन्धित भाइरल पोष्टमा प्रतिक्रिया दिँदै एक एक्स प्रयोगकर्ताले लेखेका छन्, ’५६ लाख इन्स्टाग्राम फलोअर भएका व्यक्तिले कम भोट पाएका छन्।’  त्यसै गरी अर्काले लेखेका छन्, ’एजाजले आफ्नो परिवारका सदस्यको भोट पनि नपाएको देखिन्छ।’ उता अर्काले लेखेका छन्, ’रजत दलालले चुनाव लडेको भए राम्रो हुन्थ्यो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?