प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा गएका बेला उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम गत असार १८ गते प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए । सभामुख घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?