नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

लोकपथ
56
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क सङ्कलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढिलाई सम्मान गरेको छ । काठमाडौं स्थित स्मार्ट दरबारमा आयोजित कार्यक्रममा कम्पनीले सीईओ क्लब सदस्यलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइआ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेस प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका अभिकर्ताहरू सम्मानित भइसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुराउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जना भन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?