कीर्तिपुर उपनिर्वाचन : हर्क साम्पाङको समर्थन राजमानलाई, भोट माग्न व्यस्त

लोकपथ
308
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् ।

यसअघि नै सामाजिक सञ्जालमार्फत् समर्थन जनाएका साम्पाङले सोमबार कीर्तिपुर पुगेर घरदैलोमा समेत सहभागि भएका छन् ।

उनले प्राचिन इतिहास बोकेको कीर्तिपुर गुमनाम भएको भन्दै राजमानलाई जिताएर कीर्तिपुरको छुट्टै पहिचान बनाउन सकिने बताए ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरमा मेयरसहित वडा नं १ र ५ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

यसअघि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएर महर्जनलाई समर्थन गरेका छन् ।

महर्जन सरसफाइ अभियन्ता हुन् । कीर्तिपुरको घरदैलोमा सहभागि हुँदै साम्पाङले भाषण गर्न जान्ने भन्दा पनि काम गर्न जान्ने उम्मेदवारलाई निर्वाचनमा छान्नुपर्नेमा जोड दिएका छन् ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा साम्पाङ धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?