शेयर बजारमा १५.८३ अंकको बृद्धि, छ अर्ब ३४ करोडको कारोबार

लोकपथ
14
Shares

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ । सोमबार शेयर बजार परिसूचक नेप्से १५.८३ विन्दुले बडेर २६८३.२४ अंकमा आएको छ । लगातार झरेको बजारमा आज मंगलबारबाट सुधार देखिएको हो ।

बजार सूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । एक सय ६९ कम्पनीको शेयर मूल्य बढेको बजारमा यस दिन छ अर्ब ३४ करोडको कारोबार भएको छ । यस दिन ६७ कम्पनीको शेयर मूल्य घटेको छ भने नौं कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

दुई वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै समूहका सूचक बढ्दा बजारमा हरियाली छाएको हो ।

यस दिन तीन सय नौं कम्पनीको एक करोड २२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ भने दोस्रो र तेस्रोमा क्रमशः बेस्ट फाइनान्स र नेपाल फाइनान्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?