युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

लोकपथ
413
Shares

काठमाडौं । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले  जनाएको छ ।  

युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको बताएका छन् ।

 पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन्  । रूसले गत हप्ता युक्रेनमा  नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।  

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रुसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?