बिनु यादवले सर्वाेच्च अदालतको बोर्डमा छर्किइन् कालो मसी, लगत्तै पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । घरेलु हिंसामा परेको भन्दै लामो समयदेखि सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी रामेछापकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा कालो मसी छर्किएकी छन् । त्यसलगत्तै उनलाई पक्राउ गरिएको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । आज मंगलबार बिहान साढे ११ बजे उनले गेटनजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी छर्केकी हुन् ।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी उनले बोतलमा कालो मसी लिएर आएकी थिइन् । प्रहरीको आँखा छल्दै उनले कालो मसी छर्किएकी थिइन् । उनको यो कार्यसँगै ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ । रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।

अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि उनले यसअघि अदालत परिसरमै विष सेवन गरेकी थिइन् । जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ । बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै दायर गरेको मुद्धामा जिल्ला अदालत रामेछापले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?