काठमाडौं । दुई किशोरलाई बन्धक बनाइ कुटपिट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का,धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका–५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले कैलालीको धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने २ जना किशोरलाई तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागुऔषध खुवाई कुटपिट गरेका थिए ।
पीडितहरूको उजुरीको आधारमा उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया