सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ’

लोकपथ
21
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् । 

सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिनेभन्दा पनि पूर्वाधार विकास र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको उनीहरूले बताएका छन् । 

उनीहरूले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनको कारण उद्योग व्यवसायमा आएको सुस्तताले रोजगारीमा असर परेको भन्दै सामाजिक सुरक्षा कोषमा जम्मा हुने अर्बौं रकम सरकार र निजी क्षेत्रले सञ्चालन गर्ने पूर्वाधार क्षेत्रमा लगानी गर्ने मेकानिजम सरकारले बनाउन जरुरी रहेको उनीहरूको भनाई छ ।

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा सुरु भएपछि सुविधा मात्रै दिने भन्दा पनि कुरा नभएर सामाजिक सुरक्षा कोषमा जम्मा भएको करिब एक खर्बको निक्षेप रकमलाई निष्क्रिय राख्ने भन्दा पनि उत्पादनशील क्षेत्र र पूर्वाधारहरूमा लगानी गर्न आवश्यक रहेको बताए । उनले कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने प्रणाली सरकारले बनाउन जरुरी रहेको बताए । उनले उक्त लगानीले लाखौँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई कम गर्ने बताए ।

उनले मन्त्रालयले पूर्व सचिवको संयोजकत्वमा कमिटी गठन भएको भन्दै उक्त कमिटीले सामाजिक सुरक्षाले दिने सुविधा मात्रै भन्दा पनि नेपालको पूर्वाधार विकासमा लगानी गर्ने सुझाव दिए  । उनले उक्त लगानी सरकारी क्षेत्रमा मात्रै नभएर निजी क्षेत्रका आयोजनाहरूमा पनि गर्ने प्रणाली आवश्यक रहेको बताए । उनले सरकार यस्तो रकम पुरानै रूपमा सरकारी क्षेत्रमा खर्च गर्दा भविष्यमा समस्या निम्त्याउन सक्ने खतरा रहेको बताए । उनले समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने र रोजगारी सिर्जना गरी राजश्व वृद्धि गर्ने आयोजनाहरूमा लगानी गर्ने प्रणाली बनाउनुपर्नेमा जोड दिए । उनले सामाजिक सुरक्षा कोषको कार्यान्वयनको लागि सरकार,मजदुर संगठन र निजी क्षेत्र सहकार्य गरेर जान आवश्यक रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?