प्रधानमन्त्री ओलीले भने– ‘अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ’

लोकपथ
287
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । 

केही दिन मात्रै काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीहरूले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताएका हुन् । 

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागू गर्नु पर्दछ । र यस अनुसार थोरै भए पनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरू २५/२६ लाख युवाहरू बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिँदैन । मान्छे गएका मात्रै होइनन्, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तर्गत उनीहरू बाहिर गएका हुन फर्किन्छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?