काठमाडौं । बागलुङमा दाउरा प्रहार गरी महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका –९ दुवाल बस्ने ३२ वर्षीया कुमारी विकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय तानसरा विक पक्राउ परेका हुन् ।
घरायसी विवादको कारण तानसराले दाउरा प्रहार गर्दा कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया