काठमाडौं । सर्लाहीको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको हो ।
ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिदा त्यसमा च्यापिएका थिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका साहलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया