काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि हुन लागेको स्थानीय तह उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार पछि हटेका छन् ।
एकीकृत समाजवादीबाट उम्मेदवार बनेको भानु रिजालले आफूलाई निष्क्रिय रहेको घोषणा गर्दै नेकपा माओवादी केन्द्रको उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् ।
कीर्तिपुरमा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार रहेका छन् ।
यसअघि नै पार्टी अध्यक्ष माधवकुमार नेपालले रिजाललाई उम्मेदवारी निस्क्रिय बनाउन निर्देशन दिएका थिए । तर रिजाल भने प्रचारप्रसार गरिरहेका थिए । आज माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच समझदारीपछि रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका हुन् ।
‘अतः कीर्तिपुर नगर प्रहरी प्रमुख पदमा नेकपा माअोवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र यसै नगरपालिका वडा नं ४ मा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार कमरेड रिता खड्कालाई मतदान गरी विजयी गराउनुहुन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया