नेता केसीको प्रश्न– राष्ट्रिय गौरवका आयोजनाकाे लागत तेब्बर बढ्दा पनि समयमा सम्पन्न नहुनुमा दाेषी काे ?

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको पूर्वाधार विकासको मेरुदण्ड रहेको राष्ट्रिय गौरवको आयोजना गौरवहीन बन्दै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जालमा लेख्दै मुलुकलाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा लैजाने मुख्य मुटु मानिने राष्ट्रिय गौरवका आयोजना गौरवहीन बनेको बताए ।

‘नेपालको पुर्वाधार विकासको मेरुदण्ड मानिएको अतिकम विकसित मुलुकको स्तरबाट विकासशील मुलुकमा लैजाने मूख्य मुटु र ईन्जिन मानिएका यी गौरवका आयोजनाहरूको गौरवविहिन र लज्जास्पद गतिमा सुधार कहिले र कसरी हुन्छ ? राज्य यतातिर गम्भीर हुनु आवश्यक छ,ँ उनले भनेका छन् ।

हाल २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेकोमा सुरुको लागत बढेर झण्डै तेब्बर अवस्थामा पुगेको बताए ।

नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन् ः

२४ वटा राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत बढेर झण्डै तेब्बर बढी हुने अवस्थामा पुगेकोछ । सुरुको लागत १० खर्ब ४६ अर्ब रुपैयाँ थियो (रा.यो.आ.) । समयमै सम्पन्न हुन नसकेकोले लागत निरन्तर बढ्दै गएर आ.व. २०७८–७९ सम्म कुल लागत २५ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ पुग्यो भने २०८१–८२ मा लागत अझ बढ्दै २८ खर्वभन्दा बढी हुने आधिकारिक अनुमान छ।
नेपालको पुर्वाधार विकासको मेरुदण्ड मानिएको अतिकम विकसित मुलुकको स्तरबाट विकासशील मुलुकमा लैजाने मूख्य मुटु र ईन्जिन मानिएका यी गौरवका आयोजनाहरूको गौरवविहिन र लज्जास्पद गतिमा सुधार कहिले र कसरी हुन्छ ? राज्य यतातिर गम्भीर हुनु आवश्यक छ ।

राष्ट्रिय गौरव का योजना मध्ये मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाहुनपाटी बाट (नुवाकोट पाटी भन्ज्याङ हुँदै नुवाकोट भर्याङ भुरुङ सामरी( देखि धादिङ हुँदै पश्चिम जाने मध्य पहाडी लोकमार्गमध्ये नुवाकोटको विदुर देउडी ( सामरी ( भर्याङ भुरुङ खण्ड अत्यन्तै नाजुक अवस्थामा भएको र सवारी आवागमनमा ठुलो समस्यार सकस यात्रुहरु लाई परेको छ।
यस्तै छ हरेक गौरवका आयोजना हरुको हालत ‘राष्ट्रीय गौरव’को यो हालतले हाम्रा सम्पुर्ण विकास क्षेत्रको गति, सञ्चालन पद्धति र उपलब्धि लाई प्रतिबिम्बित गरेको छ । सरकार गम्भीर बनोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?