इजरायल र लेबनानबीच युद्धविरामको सहमति, आजैदेखि कार्यान्वयनमा

लोकपथ
294
Shares
फाइल तस्बिर

काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति भएको यो सहमति आज बुधबारदेखि नै लागु हुने भएको छ । यो सहमतिको मध्यस्थता अमेरिका र फ्रान्सले गरेको थियो । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ भने हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । यो सहमतिको संयुक्त राष्ट्रसंघले पनि स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०–१ को मतले सम्झौता स्वीकृत गरेको बताए । उनले भने, ‘यो स्थायी रूपमा शत्रुता अन्त्य गर्नका लागि गरिएको हो ।’

बाइडेनका इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजाने र हिजबुल्लाहले पनि त्यहाँ आफ्नो संरचना फेरि निर्माण गर्न नसकोस् भनेर लेबनानको सेनाले आफ्नो सीमामा रहेको क्षेत्रको नियन्त्रण लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?