उद्योगहरुमा तत्काल बिजुली नकाट्ने विद्युत प्राधिकरणको निर्णय

लोकपथ
35
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति बैठकले उद्योगहरुको बिजुली नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले मंगलवार डेडिकेटेड विवादमा बिजुली नकाटी बक्यौता असुली गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । लगत्तै बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

सरकारले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन भनेको थियो । यता प्राधिकरणले भने टीओडी मिटरकै आधारमा पहिले बिल काटिएकोले त्यसलाई नसच्याउने बरु बक्यौता नतिरे १५ दिनपछि लाइन काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?