शेयर बजारमा हरियाली, नेप्से ३९.७० विन्दुले बढेर २७५६.३६ अंकमा

लोकपथ
42
Shares

काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । बुधबार शेयरबजार परिसूचक नेप्से ३९.७० विन्दुले बढेर २७५६.३६ अंकमा आएको छ । यस दिन नौं अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

आज फाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढ्दा नौं वटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् । यस दिन ट्रेडिङ समूह सबैभन्दा बढी ९.२७ प्रतिशतले बढेको छ ।

यस दिन तीन सय १६ कम्पनीको एक करोड ७१ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमका हिसावले जानकी फाइनान्स अग्रस्थानमा रह्यो । यसले ३४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्यो ।

यसैगरी, कारोबार रकमका हिसावले दोस्रो स्थानमा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड र तेस्रो स्थानमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?