काठमाडौं । जाडोलाई लक्षित गर्दै सीजीले ‘विन्टर प्रोडक्ट’ ल्याएको छ । जाडो बढेसँगै सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसी इत्यादि प्रोडक्टहरु बजारमा उपलब्ध गराइएको हो ।
जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।
त्यसैगरि सीजीद्वारा बजारमा सर्वत्र उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै, मोटरमा १० वर्षको वारेन्टी भएको सीजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ ।
अन्ततः सीजी र सीजी मेरिडियाको गिजरको प्रयोग गरी तातो पानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरी न्यानो रहन पनि सहज हुनेभएको छ । सीजीले आफ्ना विन्टर प्रोडक्ट्सहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया