दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्न आदेश दिएको हो। 

सो रिट खारेज भएसँगै थुनामुक्त हुने प्रसाईँको प्रयास असफल भएको छ । सर्वोच्चमा उनका छोरा निराजन प्रसाईँले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको शेयर रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि प्रहरीले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?