काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले बिहीबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौँला ९५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया