शेयर बजारमा सामान्य गिरावट

लोकपथ
35
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार मापक नेप्से परिसूचक सामान्य अंगले गिरावट आएको छ ।

आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले गिरावट आउँदै बजार २ हजार ७ सय ४८ दशमलव शून्य पाँचमा रोकिएको छ ।

बजार कुल शून्य दलमशलव ३० प्रतिशतले गिरावट हुँदा कुल १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसो त आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार हुँदा ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै १९४ कम्पनीको शेयर मूल्य घट्दा कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहन नसकेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज विशाल बजार कम्पनी लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र पाँचथर पावर कम्पेन्ट लिमिटेडका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै मनास्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, अप्पर सान्जे हाइड्रोपावर लिमिटेड, कर्णाली विकास बैंक लिमिटेडका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?