उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : उद्योगमन्त्री भण्डारी 

लोकपथ
35
Shares
फाइल फोटो

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

 उनले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए । उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताए । उनले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए ।

मन्त्री भण्डारीले नीति ऐन, कानुनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताए । उनले आन्तरिक तथा बाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए । उनले स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्ने बताए । उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानुन र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताए ।

उनले भने,‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरणसँग सम्बन्धित ऐनहरुलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरूलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या ? सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन,कानुनमा भएका समस्याका विषयमा छलफल गरौँ । मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔँ ।

स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन,कानुन र सेवा प्रवाहरुको सहुलियत हो । तर मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्न सक्ने खालको छ । वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ।’

उनले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्न सक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताए । उनले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताए । उनले दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?