मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउन आन्तरिक उत्पादनमा ध्यान दिनुपर्छ : अध्यक्ष अग्रवाल 

लोकपथ
28
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्  । उनले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरूको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवर्द्धन गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने बताए । उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे ।

आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?