काठमाडौं । बैंकिक कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ६१ वर्षीय नवराज गिरी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
वादी नेपाल सरकार प्रतिवादी गिरी बैंकिङ कसुर बिगो रकम २५ लाख मुद्दामा फरार रहेका थिए । पक्राउ पश्चात उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसद भद्रकाली पठाइएको प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया