काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिषद्ले नै ओलीको चीन भ्रमण स्वीकृत गर्ने भनिएकोमा भ्रमण स्वीकृत भएको थिए ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छिन् । राणा शनिबार नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भने २० गते नेपाल फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया