काठमाडौं । सरकारले गृह मन्त्रालय वा सो मातहतमा रहेका १२ जना उपसचिवको सरुवा गरेको छ ।
गृहमन्त्रालयको बुधबारको निर्णय अनुसार ५ सहकायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) सहित १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको हो ।
जसअनुसार हाल ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा रहेकी उपसचिव
कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ भने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया