ग्लोबल आईएमई बैंकले ‘एनवाईईएफ स्टार्टअप अवार्ड ४.०’ गर्दै, १७० भन्दा बढी स्टार्टअपहरू दर्ता 

लोकपथ
49
Shares

काठमाडौँ : नेप्लिज योङ इन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड ४.०’ को आयोजना गर्ने भएको छ । यसका लागि ओरिएन्टेसन कार्यक्रमसमेत सम्पन्न गरेको छ । 

मंसिर ७ गते पाटन कलेज फर प्रोफेसनल स्टडिजमा सम्पन्न ओरिएन्टेसनमा नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउनेबारे छलफल भएको आयोजकले बताएका छन् ।

यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरू दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो ।

कार्यक्रमको सुरुवातमा एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले स्टार्टअपहरूलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिए । 

कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे जानकारी दिँदै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूबारे जानकारी गराए । 

कार्यक्रममा बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर प्रदान गरेको थियो । 

ग्लोबल आईएमई बैंक ‘एनवाईईएफ स्टार्टअप अवार्ड ४.०’ एक प्रतियोगिता मात्र नभएर  पाँच लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?