सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरमा सलिको आबद्ध

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) आबद्ध भएको छ । शुक्रवार सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) बीच सलिको ईन्स्योरेन्स पार्टनरका रूपमा रहने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बिमा र एक लाख बराबरको औषधोपचार बिमाको व्यवस्था गरेको जनाएको छ।

सम्झौता पछि रोयल्सका प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरे ।

त्यस्तै, सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान् खेलाडीहरू उत्पादन गर्ने उर्वर भूमिका रूपमा रहँदै आएको उल्लेख गरे । उनले सुदूरपश्चिम विशिष्ट प्रकारको संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्ययताले भरिपूर्ण प्रदेशको गौरवलाई बोकेको टिम सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिङ्गो सगरमाथा लुम्बिनी ईन्स्योरेन्स ९सलिको० परिवार र स्वयं आफू पनि अत्यन्तै हर्षित भएको बताए । उनले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?