आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । मंसिर १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०७८ मा सूर्य लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका उनी २०७९ पुस महिनामा साबिक सूर्य लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बने पछि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । सीईओ खड्का केही दिन अघि मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए ।

उनीसँग नेपाल लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य अनुभव रहेको छ । त्यस्तै बिमा, जलविद्युत, सिमेन्ट क्षेत्र, शिक्षा, अडिटिङ र फाइनान्सियल कन्सल्टिङलगायत क्षेत्रमा १८ वर्षभन्दा धेरै समय काम गरिसकेका छन् ।

काममा दक्ष मानिने खड्काले बेलायतबाट चार्टर्ड एकाउन्टेन अध्ययन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?